मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ
रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।
थाङमिचागु डटकम संवाददाता

आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् ।
ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।
‘मैले त्यो पत्र पढ्दिनँ, आइतबार कुरा गर्छु,’ ढकाललाई उद्धृत गर्दै रास्वपा स्रोतले भन्यो ।
३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।





