मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सुर्खेत दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्
सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
थाङमिचागु डटकम संवाददाता

१४ असार, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
डीएसपी दाहालका अनुसार कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र उनीहरूको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी दाहालले बताए ।
दुर्घटनामा परी जिप सड्कभन्दा ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




