रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21जेठी श्रीमतीको घाँटी थिचेर हत्या गर्ने लहेरी पक्राउ
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गर्ने लहेरी पक्राउ
थाङमिचागु डटकम संवाददाता
रौतहट । आफ्नी जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। राजापुर नगरपालिका ५ मदनी चोक बस्ने ३४ वर्षीय मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो।
लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। लहेरीले गत जेठ ३२ गते घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा ३७ वर्षीया नजाबुन नेसाको घाँटी थिचेर हत्या गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमान्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी लहेरीलाई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।