थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गर्ने लहेरी पक्राउ
जेठी श्रीमतीको घाँटी थिचेर हत्या गर्ने लहेरी पक्राउ
थाङमिचागु डटकम संवाददाता

रौतहट । आफ्नी जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। राजापुर नगरपालिका ५ मदनी चोक बस्ने ३४ वर्षीय मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो।
लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। लहेरीले गत जेठ ३२ गते घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा ३७ वर्षीया नजाबुन नेसाको घाँटी थिचेर हत्या गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमान्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी लहेरीलाई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।




