४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
कुवेतको एक घरमा आगलागी, ४१ जनाको मृत्यु
कुवेतको एक घरमा आगलागी, ४१ जनाको मृत्यु
थाङमिचागु डटकम संवाददाता

३० जेठ, काठमाडौं । कुवेतको एक घरमा आगलागी हुँदा कम्तिमा ४१ जना व्यक्तिको मृत्यु भएको छ ।
मङगाफ जिल्लाको घरमा बुधबार आगलागी हुँदा १२ जनाभन्दा बढी घाइते भएको अलजजीराले उल्लेख गरेको छ । विदेशी कामदारहरू रहेको भवनमा आगलागी भए पनि हालसम्म उनीहरूको राष्ट्रियता भने खुलेको छैन ।
आगलागीमा अधिकांश भारतीय नागरिक परेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
अहिले आगलागी नियन्त्रणमा आएको छ । स्थानीय प्रहरीले आगोको धुँवाबाट निसासिएर धेरैको ज्यान गएको प्रतिक्रिया दिएको छ । एक प्रहरी अधिकृतले भनेका छन्, ‘भवनमा ठूलो संख्यामा विदेशी कामदार थिए । १२ भन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । धेरैको मृत्यु चाहिं धुँवाले निसासिएर भएको पाइएको छ ।’
कुवेतका उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख फहाद अलयुसुफ अलसबाहले घरको मालिकलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।





