मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको
नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको
थाङमिचागु डटकम संवाददाता

३० जेठ, काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरू कुनै न कुनै प्रकारको विपद्बाट जोखिममा रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर रहेका ६ हजार ६४३ वडामध्ये ६ हजार ६६४ वडामा कुनै न कुनै प्रकारको प्राकृतिक विपद्को जोखिम रहेको पाइएको छ । सबैभन्दा धेरै जोखिम बाढीको रहेको पाइएको छ ।
कार्यालयले जनगणनाको सामुदायिक प्रश्नावलीमा १६ वटा जोखिम उल्लेख गरेर विवरण भरेको थियो । जसमध्ये ६३.३ प्रतिशत वडाले बाढीको जोखिम रहेको उल्लेख गरेका छन् ।
सबैभन्दा कम वडामा भने हिमताल विस्फोटनको जोखिम रहेको पाइएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै वडा बाढी र पहिरोको जोखिममा देखिन्छन् ।
देशभरि पहिरोको जोखिम रहेका वडा ५९.७ प्रतिशत आँधी र हुरीबतासको जोखिममा ५२.६ प्रतिशत, वन डढेलोको जोखिममा ३६.७ प्रतिशत, आगलागीको जोखिम ३६ प्रतिशत, असिना ३५.६ प्रतिशत, डुबान २८.९ प्रतिशत र भूक्षयको जोखिम २४.१ प्रतिशत वडामा देखिएको छ ।
असिना र चट्याङ्गको जोखिम क्रमशः ३५.६ र ३३ प्रतिशत वडामा रहेको छ । अतिवृष्टिको जोखिम ६.२ प्रतिशत, खण्डवृष्टि ३.५ प्रतिशत, शितलहर २१.९ प्रतिशत र सुक्खा पहिरोको जोखिम ३६.५ प्रतिशत रहेको छ ।
लूको जोखिम ३ प्रतिशत वडामा रहेको पाइएको छ । हिमपहिरो १.४ र हिमपात विस्फोटनको १.२ प्रतिशत वडामा जोखिम देखिन्छ । कुनै पनि जोखिम नभएको वडाको संख्या १.२ प्रतिशत रहेको तथ्यांक छ ।





