यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ ।
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ जेठ १ गते
२८ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ ।
प्रहरीले बरामद गरेको शव १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदी २३ वैशाखमा ललितपुरको टिकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएका थिए । उनको शव २८ वैशाखमा पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार, उनको हत्यापछि रुखमा तारले बाँधेर जलाएको हुनसक्ने आशंका गरिएको थियो । तर, काभ्रे प्रहरीले भने उनको हत्या भएको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केहीदिन घर नफर्किने बताएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् ।
– काभ्रेबाट कपिल कोइरालाको सहयोगमा





