यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
मुस्लिम समाजद्वारा राहत सामग्री सहित अग्नि पीडितको घर निर्माण ।
मुस्लिम समाजद्वारा राहत सामग्री सहित अग्नि पीडितको घर निर्माण ।
थाङ्मीचागु डटकम सम्बादाता वैशाख २३ । सिराहा जिल्लाको लहान नगरपालिकाको उत्तरी भेक अन्तर्गत बलान खोला समिपको बस्ती गोविन्दपुरमा अग्नि पीडितको सहयोगार्थ मुस्लिम समाजद्वारा राहत सामग्री सहित घर निर्माणको कार्य गरिएको छ ।
लहान नगरपालिकाको वडा नं १७ गोविन्दपुरमा गत सोमबार भएको आगलागीबाट स्थानिय रामदेव राम र रामेश्वर रामको घर पूर्णतया जलेपछि लहान वडा नं १७ का मुस्लिम समाजद्वारा राहत स्वरुप तत्काल चामल १५० केजी ,गहुँ ७५ केजी,दाल ८ केजी ,प्याज ४० केजी,आलु २० केजी, सारी ५ थान ,कुर्ता ५ थान,सर्ट पाईन्ट ५ थान,तेल ४ लिटर ,सोयाबिन २ केजी नगद रु.५ हजार सहित अग्नि पीडितलाई उपलब्ध गराईएको थियो ।
आगोबाट घरसहित सबै सामग्री जलेपछि मुस्लिम समाजले जस्ता (टिन) सहितको घर निर्माण थालेको छ ।
पीडितको घर निर्माणमा यतिबेला मुस्लिम समाज सक्रिए रूपमा लागि परेको छ ।
मुस्लिम युवाहरु यतिबेला बाँसको सामग्रीबाट तत्काललाई घर निर्माणका लागि जुटेका हुन् ।
घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पीडित परिवारलाई यतिबेला मुस्लिम समाजले संरक्षण दिँदै आएको छ ।





