यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
(नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गरिब देशका राष्ट्रपति र प्रधानमन्त्रीलाई कसैले नटेर्ने बताएका छन्।
(नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गरिब देशका राष्ट्रपति र प्रधानमन्त्रीलाई कसैले नटेर्ने बताएका छन्।
थाङ्मीचागु डट कम संवाददाता
काठमाडौं, चैत २३
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गरिब देशका राष्ट्रपति र प्रधानमन्त्रीलाई कसैले नटेर्ने बताएका छन्।
गोरखा क्याम्पसमा बिहीबार भएको कार्यक्रममा बोल्दै भट्टराईले नेपालको प्रधानमन्त्री भनेर हात अघि बढाउँदा विदेशतिर हात मिलाउनै नमान्ने प्रसंग पनि सुनाए।
‘बाबुराम भट्टराई हरायो, सत्तामा आइदिए हुन्थ्यो, प्रधानमन्त्री, राष्ट्रपति भइदिए हुन्थ्यो भनेर सद्भावपूर्ण कुरा तपाईंहरू राख्नुहुन्छ,’ भट्टराईले भने, ‘किन हुने भन्नुस् त! म त बसेर हेरेँ, प्रधानमन्त्री भएर के हुन्छ?’
हल्ला गर्दै ठालु पल्टेर हिँडेर केही नहुने उनको भनाइ थियो।
‘हल्ला गर्दै हिँडेर, ठालु पल्टेर के हुन्छ, देश बन्छ? बन्यो? प्रधानमन्त्री भयो तर देश एकदम गरिब छ भने राष्ट्रपति र प्रधानमन्त्रीलाई कसले टेर्छ?,’ उनको प्रश्न छ, ‘नेपालको प्रधानमन्त्री भनेर हात बढाउँदा कुनैले हात मिलाउन पनि मान्दैनन्। आफैँ हात मिलाम् मिलाम् गर्नुपर्छ। देश र समाजको इज्जत भयो भने राष्ट्रपति र प्रधानमन्त्रीको हुन्छ नत्र हुँदैन।’





