इन्द्रेणी पाठशालामा भव्यताका साथ विज्ञान प्रदर्शनी ।।।

0Shares

इन्द्रेणी पाठशालामा भव्यताका साथ विज्ञान प्रदर्शनी ।।

थाङ्मीचागु डट कम संवाददाता

विनोद मण्डल,फाल्गुन २५ । सिरहाको धनगढीमाई १० स्थित पूर्व पश्चिम राजमार्गको दक्षिणी छेउमा रहेको इन्द्रेणी पाठशालामा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।

पूर्व निर्धारित समयमा विद्यालयको परिसरमा आयोजित कार्यक्रमको औपचारिक उद्घघाटन पछि नेपालको राष्ट्रिय गान गाइएको थियो ।

बिहान करिब ११ बजेर ३४ मिनेटको समयमा शुरू भएको विज्ञान प्रदर्शनी मेलामा स्थानिय अभिभावक , बुद्धिजीवी लगाएत बिद्यालयका फाउन्डर ,प्रिन्सिपल बिद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी समेतको सहभागीतामा विज्ञान प्रदर्शनी गरिएको थियो ।

आयोजित प्रदर्शनीमा बालबालिकाद्वारा बनाईएको सामग्रीहरू प्रदर्शनका क्रममा राखिएको थियो ।

पत्रकार लगायतको टोलीले प्रदर्शनीमा राखिएको सामग्रीहरुको स्थलगत अनुगमन गर्दै सहभागी विद्यार्थीहरुको प्रतिक्रिया लिएको थियो ।

धनगढीमाई स्थित बजारको शैक्षिक वातावरण निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका यस विद्यालयमा दक्ष जनशक्ति अन्तर्गत शिक्षक शिक्षिकाको योगदानको कारणले आम अभिभावकको आकर्षणको केन्द्र बन्दै आएको यस विद्यालयमा व्यवस्थापकीय पक्ष अति सुन्दर एकातिर रहेको छ भने अर्कोतिर समयको माग अनुसार पठन पाठन लगाएत विद्यार्थीहरुलाई चाहिने आवश्यक सबै कुरा सवल रहेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *