४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
लाहान जेसीजद्धारा शिवरात्रीमा निःशुल्क खानेपानी वितरण ।।।
लाहान जेसीजद्धारा शिवरात्रीमा निःशुल्क खानेपानी वितरण ।।।
थाङ्मीचागु डट कम संवाददाता।

“जेसी उमेश यादवको सक्रियता चौतर्फी लाहान जेसीजको चर्चा “
विनोद मण्डल, फाल्गुन २५ । सिरहाको लहान स्थित धार्मिक सांस्कृतिक तथा पर्यटकिय स्थलको रूपमा परिचित ब्रह्ममान प्राकृतिक जंगलमा रहेको शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा आयोजित मेलामा भक्तजन र दर्शनार्थीहरुलाई बिहान १० बजेदेखि निःशुल्क खानेपानी वितरण गरिएको छ ।
वाडा नम्बर १ मा रहेको न्यू मनोकामना एजुकेसनल एकेडेमीका फाउन्डर तथा जेसीज वर्ष २०२४ का अध्यक्ष उमेश यादवको सक्रियतामा लहानमा नियमित रूपमा सामाजिक कार्यक्रमले अग्रता लिएसँगै धार्मिक कार्यमा समेत सहयोगी हात अगाडि सारिएको हो ।
मेला भर्न आएका भक्तजनहरूलाई निःशुल्क खानेपानी वितरण गरेर पुण्यको भागीदार बनेको जेसीज लहानको सामाजिक कार्यको प्रसंशा यतिबेला बढेको देखिन्छ ।
लाहान ७ मा रहेको लाल बहादुर शाह मेमोरियल ट्रस्ट र न्यू मनोकामना एजुकेसनल एकेडेमी लाहान १ को सहयोग बाट करिब ६ हजारको हाराहारीमा भक्तजनहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको हो ।
जेसी नित्यानन्द शाहको संयोजकत्वमा आयोजित कार्यक्रममा दिनभरी लगातार खानेपानी वितरण गरिएको थियो ।





