नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस ।।।

0Shares

नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस ।।।।

थाङ्मीचागु डट कम सम्बादाता

विनोद मण्डल,फाल्गुन २५ । नेपालमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

सन् १९१० मा क्लारा जेट्किनले अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात गरेकी थिइन् ।

“श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो “

सन् १९०८ मा अमेरिकाको न्युयोर्क सिटीमा १५ हजार महिलाले विभिन्न महिला केन्द्रित मागहरु राखेर र्याली निकालेर प्रदर्शन गरेपछि यस दिवसको बीजारोपण हुन गयो ।

प्रदर्शनको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवसको घोषणा गरेको थियो ।

जसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो । उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी थिइन् । त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाएका थिए ।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाईएको थियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ देखि महिला दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो ।

महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो । यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो । त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइदै आएको छ ।

संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ देखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट “Invest in women :Accelerate progress” भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ भने “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नाराका साथ यस ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

देशका विभिन्न भागमा महिला दिवस विविध कार्यक्रमको आयोजना गरेर मनाईदै छ । दिवस मनायता पनि महिलाको हक अधिकार हालसम्म सुनिक्षिचित भएको छैन ।

नेपालको संविधान र कानुनले महिला अधिकारको व्यबस्था गरेपनि महिलाहरु घरेलु हिंशा , पीडा ,लगाएत न्यायको निम्ति लगातार आन्दोलन गरिरहँदा पनि न्याय नपाउनु आफैमा चिन्ताको विषय हो ।

पछिल्लो समय देशमा महिला अधिकारको कुरा गरेर हिड्ने अधिकारकर्मीहरु आरती शाह लगायतको न्याय दिलाउनको निम्ति पछि हटेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *