मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
धनुषाका एक युवक प्रेमिकासंगै दुई वर्ष बसेर अर्कैसंग विहे गरेपछि भारतीय युवती जनकपुरमा ।।।
साभार बहुजन आवाज
थाङ्मीचागु डटकम सम्बादाता ।

धनुषाका एक युवक प्रेमिकासंगै दुई वर्ष बसेर अर्कैसंग विहे गरेपछि भारतीय युवती जनकपुरमा
धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवतीले आरोप लगाएकी छन् । हंसपुर नगरपालिकाका कृष्णकुमार मण्डलले दुई वर्षसम्म लिभ इन रिलेशनमा बसेर आफुलाई धोका दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।
भारतको झारखण्ड राज्यको दक्षिणी सिंहभ्रुम ग्राम चिरिया पञ्चायत बस्ने २४ वर्षीया ती युवतीले युवक कृष्णमाथि आफुमाथि अन्याय गरेको भन्दै न्याय खोज्न जकपुरधाम आइ पुगेकी हुन् । उनले बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी हुन् ।प्रेमी कृष्णले धोकाधडीसँगै नागरिकको स्मितासँग खेलवाड गरेको भन्दै गत फागुन १८ गते ती युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिएकी छन् । ती युवतीका अनुसार करिब पाँच वर्षअघि समाजिक संजाल फेसबुकमा दुबैजनाको भेट भएको थियो । विस्तारै मित्रता प्रगाढ हुँदै गयो ।
ती युवती नर्स पढ्दै थिइन् भने कृष्णले फार्मेसी पढ्दै थिए । मित्रता प्रेम समबन्धमा बदलियो । दुबैजना निरन्तर भेटघाट गर्न थाले । तर होस्टेलमा बसिरहँदा दिनदिनै भेटघाट गर्न दुबैजनालाई अप्ठ्यारो हुन थाल्यो ।
‘उनले विवाहै गर्ने प्रमिस गरेपछि हामी चिनजान भएको तीनवर्षपछि लिभइनमा बस्न थाल्यौँ । त्यस बीचमा म दुई पटक गर्भवती भएँ । कृष्णले जबर्जस्ती मलाई गर्भपतन गर्न लगाए । जबकी म कुनै हालतमा बच्चा जन्माउन चाहन्थे । तर उनले पछि बच्चा लिउँला भनेर मलाई गर्भपात गराउन बिबस बनायो,’ ती युवतीले दुखेसो पोखिन् ।
६ महिनाअघि कृष्ण आफन्तलाई भेट्न भन्दै आफ्नो घर फर्केका थिए । प्रेमिकालाई केहीदिनमै फर्किन्छु भनेर आश्वासन दिएका उनी फेरि फर्केनन् । तर युवतीसँग घरमा रहँदा समेत कृष्णले निरन्तर कुराकानी गरिरहे । तर त्यहीँ बिचमा उनले आफ्नो विवाहको समेत तयारी गर्दै थिए ।
गत फागुन १४ गते कृष्णले विवाह गरेको युवतीको भनाइ छ ।





