बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
Monday, August 24, 2026
पाल्हिनन्दनमा भव्यताका साथ अन्तर्राष्ट्रिय महिला दिवस ।।।
पाल्हिनन्दनमा भव्यताका साथ अन्तर्राष्ट्रिय महिला दिवस ।।।
थाङ्मीचागु डटकम सम्बादाता
विनोद मण्डल,फाल्गुन २४ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ” महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी ” भन्ने मुल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस २०८० मनाईएको छ ।

पालिकाको सभा हलमा पूर्व निर्धारित समयमा आयोजित कार्यक्रममा आमा समुहका महिला दिदी बहिनीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) , उपाध्यक्ष्य फतिमा अन्सारी खातुन लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , पालिकाको महिला शाखाका पदाधिकारीहरु , स्थानिय जनप्रतिनिधिहरु , राजनीतिककर्मी , महिला संघ संस्थाका प्रतिनिधिहरु लगाएत स्थानियको सहभागितामा भव्यताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।





