वाडा अध्यक्ष अमित ठकुरीको पहलमा टेलिकम टावर ब्यबस्थापन ।।।

0Shares

वाडा अध्यक्ष अमित ठकुरीको पहलमा टेलिकम टावर ब्यबस्थापन ।।।

थाङ्मी चागु डटकाम सम्बादाता ।

विनोद मण्डल, फाल्गुन २३। सिरहाको भौगोलिक विकटता रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाईल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गर्दै वडा बासिमा टावर निर्माण गराउनु भएर एतिहासिक खुशीयाली प्रदान गर्नुभएको ताज़ा यथार्थसँगै 4G सेवा सञ्चालन गरेर नियमित नेटवर्कको लागि सोलार प्यानल जडान गराउनु भएको छ ।

धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाईल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीमा आधुनिक युगको आभास दिलाउन हरतरहले सफल भएका वाडा अध्यक्ष अमित ठकुरीले टेलिकम टावर नियमित सञ्चालनका लागि सोलार प्यानल जडान गराउनु भएको छ ।

नेटवर्क नियमित गर्नका लागि तथा 4G सेवा सञ्चालनमा सहजताका लागि सोलार प्यानल सहितको बातावरण मिलाएपछि विद्युत लाईन काटिए पनि अब स्थानियले नेटवर्कको समस्या भोग्नु पर्ने अवस्था रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *