मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
सहदेव महतोद्वारा शिव मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न ।।।
सहदेव महतोद्वारा शिव मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न ।।।
थाङ्मीचागु डट कम संवाददाता।

विनोद मण्डल, फाल्गुन ९ । सिरहाको लहानमा धार्मिक सांस्कृतिक स्थलको रूपमा शिवालय निर्माणको लागि औपचारिक रूपमा मन्दिरको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ ।
लाहान नगरपालिकाको वाडा नम्बर २० गोर्छारीमा आम स्थानियको सहयोग र एकताका साथ शिवालय मन्दिर निर्माणका क्रममा विधिपूर्वक पूजापाठ गरी मन्दिरको शिल्यान्यास स्थानिय समाजसेवी सहदेव महतो द्वारा गरिएको छ ।
कुनै राजनीतिक दल र पार्टी संगठनको ध्यानाकर्षण नभएको यस ठाउँमा प्रत्येक वर्ष साउन महिनामा स्थानिय समुदायलाई पूजा पाठको लागि टाढा टाढा जानुपर्ने बाध्यता रहेको अवस्थामा स्थानिय पोखरी क्षेत्रमा निर्माण हुन लागेको शिवालय मन्दिर निर्माणका लागि स्थानिय गाउँबासीहरु एकताबद्ध भई आज दिनको करिब १ बजेको समयमा विधिपूर्वक आयोजना गरिएको पूजापाठमा स्थानिय सहदेव महतोलाई विधिपूर्वक पूजापाठ गराई उनकै हातबाट शिल्यान्स गराईएको छ ।





