रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली ।।।
2026-08-26नेपालको विपद्मा छिमेकी मुलुकको चासोः मोदीको टेलिफोन, चीनले नगद सहयोग गर्ने
2026-08-26
Wednesday, August 26, 2026
धनगढीमाईमा आँखा शिविर जारी, चेक गराउनेको भीड ।।।
धनगढीमाईमा आँखा शिविर जारी, चेक गराउनेको भीड ।।।
थाङ्मी चागु डट कम संवाददाता
विनोद मण्डल, माघ २५ । सिरहाको धनगढीमाई नगरपालिकामा औपचारिक रूपमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको अवस्था रहेको देखिन्छ ।

नगरपालिकाद्वारा प्रकाशित सूचनामा नगरभित्रका संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी , समाजसेवी लगायतलाई शिविर सञ्चालनमा आवस्यक सहयोगको लागि अनुरोध समेत गरिएको छ ।
मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा धनगढीमाईको भवानीपुरमा संचालित आँखा जाँच शिविरमा नगरपालिकाको वडा १ र २ मा नि शुल्क आँखा जाँच गरिएको छ ।
संचालित शिविरबाट जम्मा ४०९ जनाले सेवा लिएका छन भने ११० जनामा मोतिया बिन्दुको रोग बिरामी देखा परेको छ ।
आँखामा देखा परेको समस्या अन्तर्गत सबै विरामीहरूको निःशुल्क अपरेशन तथा थप उपचार गरिने मेयर शिवशंकर महतोले जानकारी गराउनु भएको छ ।





