धनगढीमाईमा आँखा शिविर जारी, चेक गराउनेको भीड ।।।

0Shares

धनगढीमाईमा आँखा शिविर जारी, चेक गराउनेको भीड ।।।

थाङ्मी चागु डट कम संवाददाता

विनोद मण्डल, माघ २५ । सिरहाको धनगढीमाई नगरपालिकामा औपचारिक रूपमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको अवस्था रहेको देखिन्छ ।

नगरपालिकाद्वारा प्रकाशित सूचनामा नगरभित्रका संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी , समाजसेवी लगायतलाई शिविर सञ्चालनमा आवस्यक सहयोगको लागि अनुरोध समेत गरिएको छ ।

मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा धनगढीमाईको भवानीपुरमा संचालित आँखा जाँच शिविरमा नगरपालिकाको वडा १ र २ मा नि शुल्क आँखा जाँच गरिएको छ ।

संचालित शिविरबाट जम्मा ४०९ जनाले सेवा लिएका छन भने ११० जनामा मोतिया बिन्दुको रोग बिरामी देखा परेको छ ।

आँखामा देखा परेको समस्या अन्तर्गत सबै विरामीहरूको निःशुल्क अपरेशन तथा थप उपचार गरिने मेयर शिवशंकर महतोले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *