नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
सामाजिक कार्यमा अगाडि बढ्दै निर्दोषी ।।।
सामाजिक कार्यमा अगाडि बढ्दै निर्दोषी ।।।
थाङ्मीचागु डट कम संवाददाता
विनोद मण्डल,माघ २५ । समाजमा सकारात्मक चिन्तन आजको आवश्यकता हो । समाजमा गरिब, दुखी र पीडितको न्यायको आवाज बोल्नु तपाईं हाम्रो कर्तब्य पनि हो ।

समाजका पीडितलाई आफ्ना बलले भ्याएसम्म उजागर गर्ने एक व्यक्ति हुन ,राम निर्दोषी अर्थात् राम उदगार यादव ।
सिरहाको धनगढीमाई ५ का निर्दोषीले सामाजिक धार्मिक कार्यहरुमा आफ्ना दिलोज्यानले नियमित सहयोग गर्दै आउनु भएको छ ।
निर्दोशीले गत वर्ष जनकपुर स्थित रामजानकी अस्पतालमा उपचारार्थ एक बालकको उपचार खर्चमा ठूलो योगदान गर्नु भएको थियो । निर्दोषीको विशेष पहलमा संपूर्ण खर्चको व्यवस्था गरिएको थियो ।
पूर्व पश्चिम राजमार्गको जिरोमाईल स्थित बुद्ध चौकमा आयोजना गरिने मेला जात्राको लागि उहाको योगदान प्रत्येक वर्ष नियमित भइरहेको अवस्था रहेको देखिन्छ ।
यस पटकको कठयाङ्गग्रिदो जाडोमा एक बालकलाई चिसोबाट बच्नका लागि उनको योगदान एकातिर रहेको छ भने अर्कोतिर जिल्ला बाहिरको लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको जनता दलित आधारभूत विद्यालयको बालबालिकाको लागि प्रदान गरिएको विद्यालय पोशाकमा समेत उहाको योगदान रहेको थियो ।
निर्दोषीमा भएको सकारात्मक चिन्तनका कारण उहाले बारम्बार सामाजिक कार्यहरु गर्दै आएका हुन ।
समाजका अशल युवाको रूपमा परिचित उनी दूरदर्शी क्षविका धनी मानिन्छन् ।





