मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धनगढीमाई -१३ सेमिफाईनलमा प्रवेश ।।।
धनगढीमाई -१३ सेमिफाईनलमा प्रवेश ।।।
२०८० माघ ११ । सिरहाको धनगढीमाई ४ द्वारा आयोजित प्रथम वाडा स्तरीय फुटबल प्रतियोगितामा धनगढीमाई १३ सेमीफाइनलमा प्रवेश गरेको छ ।
वाडा नम्बर ४ स्थित रामजानकी खेल मैदानमा आयोजित फुटबल प्रतियोगितामा वाडा नम्बर १२ लाई जित्दै सेमी फाइनलमा वाडा नम्बर १३ पुग्न सफल भएको हो ।
धनगढीमाई -४ द्वारा आयाेजित वडा कप फुटवल प्रतियोगितामा वडा -१३ काे पहिलाे खेल माघ ६ गते भएको थियो जहाँ वडा न -१ लाई २ गाेलले र आज भएकाे मैत्रीपूर्ण खेलमा वडा न – १२ लाई १ काे विरुद्ध २ गाेल गरी सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
आज भएको मैत्रीपूर्ण फुटबल खेलमा अन्य दिनको भन्दा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अत्यन्त रोमाञ्चक र शान्तिपूर्ण तवरले भएको मैत्रीपूर्ण खेलमा खेलाडीहरुको बीच मैत्रीपूर्ण प्रतिस्पर्दा भएको थियो ।
आजको खेलमा धनगढीमाई १३ का वाडा सदस्य सन्तोष मगर लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आयोजक समितिको लगनशीलता र उदारताको कारण मैत्रीपूर्ण फुटबल प्रतियोगिता अत्यन्त सुन्दर वातावरणका बीच भइरहेको छ ।






