काठमाडौँको चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ !!!

0Shares

काठमाडौँको चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ !!!


चरिकोट गेष्ट हाउसमा बेश्याबृत्ती, दुई वालिकाको उद्धार, एक महिला पक्राउ

बुधबार, माघ १०, २०८०
थाङ्मी चागु डट कम संवाददाता

काठमाडौँ । काठमाडौंमा संचालित चरिकोट गेष्ट हाउस र टिमुरे क्याफेमा नावालिकाहरुलाई बेस्याबृत्तिमा लगाउने गरिएको पाईएको छ । जडीबुटीमा संचालित उक्त गेष्ट हाउस र क्याफेमा नावालिकाहरुलाई आर्थिक प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा उक्त तथ्य फेला पारेपछि एक महिलालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ घर भई हाल दोलखाको भीमेश्वर नगरपालिका–९ बस्दै आएकी ३६ वर्षीय आशा लामा भनिने लालमाया तामाङ रहेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएका ग्रामिण भेगका वालिकाहरुलाई वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभन दिएर गेष्ट हाउसमा यौन क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार उनले विगत तीन वर्षदेखि बिभिन्न प्रलोभनमा पारी वालिकाहरुलाई ग्राहकहरुसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको र ग्राहकबाट लिएको रकम समेत पीडित वालिकाहरुलाई थोरै मात्र दिने गरेकी थिईन् । 

नावालिकाहरुलाई जवरजस्ती बेश्याबृत्तीमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले दुई जना वालिकाको उद्धार समेत गरेको छ । दुबैजना वालिकालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *