मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
थारु समुदायद्वारा पहिलो पटक तीस केजीको लड्डु सहित माघे संक्रान्ति मनाउने तयारी ।।।
थारु समुदायद्वारा पहिलो पटक तीस केजीको लड्डु सहित माघे संक्रान्ति मनाउने तयारी ।।।
थाङ्मीचागु डट कम संवाददाता
२०८० पुस २९ आइतबार
सिराहा जिल्लाको धनगढी माई,थारु कल्याणकारिणी सभाको आयोजनामा तीस केजीको लड्डु प्रदर्शन गर्दै “थारु मौलिकता या पौराणिक कला संस्कृति उजागर करैके लेल ” मुख्य नारा सहित थारु कल्याणकारिणी सभा धनगढी माई नगर समिति द्वारा ” पहुलका तिला सङ्क्राईत उत्सव (माघी) २०८० पहिलोपटक धनगढीमाई वाडा नम्बर ११ आम चौकमा मनाउनका लागि सम्पूर्ण पूरा भएको आज आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिका सम्भु प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा माघ गते नेपाल ने कार्यक्रममा थारु भाषा,संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा,कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम समेत हुने सम्मेलन मार्फत जानकारी गराईएको छ ।
पूर्व पश्चिम राजमार्गको धनगढी बजारको केही पूर्वमा रहेको आम चौक स्थित हुन लागेको थारु कल्याणकारिणी सभाको कार्यक्रम पहिलो भएको कारण करिब ५ हजारदेखि ७ हजारको हाराहारीमा आम जनसमुदायको सहभागिता हुने अनुमान गरिएको छ ।
कार्यक्रममा थारु समुदायको प्रमूख व्यक्तिहरूको समेत सहभागी रहने आयोजक समितिले बताएको छ ।
थारु नृत्य , झाँकी, लगायतको अभिनय समेत गरिने भएको छ ।।




