नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मलेसियाको क्वालालम्पुरमा थारू समुदायको “माघि” पर्व जनवरी १४ तारिख मनाउने।
मलेसियाको क्वालालम्पुरमा थारू समुदायको “माघि” पर्व जनवरी १४ तारिख मनाउने।
थाङ्मीचाफु डट कम संवाददाता
२८ पुष २०८०, शनिबार १६:४९
क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मलेसियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ ।
माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी १४ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको कार्यालय सभा हलमा आयोजना हुने तय भएको थाकस मलेसिया समितिका सभापति मनिराम चौधरीले बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था गरिएको आयोजक संस्था थाकसका सभापति मनिराम चौधरीले बताए ।
साथै आईतवारको माघी शुभकामना आदानप्रदान कार्यक्रममा मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदाय उपस्थित हुन मिल्ने सभापति चौधरीले बताए ।
थाकस मलेसियामा सन् २०१६ मा स्थापित एक जातीय सामाजिक संस्था हुन् । थाकस मलेसियाले आफ्नो स्थापना कालदेखि नै मलेसियामा रहेका पीडित नेपाली संगै नेपालमा समेत सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेका छ्न ।





