थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
मलेसियामा राजदुत पौडेललाई पत्र बुझाए।
मलेसियामा राजदुत पौडेललाई पत्र बुझाए।
थाङ्मीचागु डटकम संवाददाता
१९ पुष २०८०, बिहीबार १३:०८
नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रमको अन्तिम तयारी सकिएकोछ । उक्त कार्यक्रम जनवरी ७ तारीख क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा हुने भएको छ ।
पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग भेटघाट तथा अन्तरकृया कार्यक्रम मलेसियामा रहेका नेपालीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले आयोजना भएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले बताउनु भयो ।
कार्यक्रमको आधिकारीक जानकारी तथा निमन्त्रणा दिन जनवरी ३ तारीख बिहान नेपाली दुताबास मलेसियामा राजदुत डिल्लीराज पौडेललाई पत्र बुझाएको थियो । यस क्रममा राजदुत पौडेलले कार्यक्रमको शुभकामना दिदै यस्ता किसिमको उच्च स्तरीय भ्रमण तथा कार्यक्रमहरुले बिदेशमा रहेका नेपालीहरुलाई देश प्रतिको माया जगाउने बताउनुभयो । मलेसियामा नेपालीहरुले भोगिरहेको समस्या समाधानमा महत्त्वपूर्ण भुमिका खेल्ने राजदुत पौडेलले उल्लेख गर्नुभयो ।
कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ र प्रवास विभाग प्रमुख आनन्द अधिकारी जनवारी ७ तारीख बिहानै मलेसिया आईपुगेको आयोजक समितिका सदस्य सुभद्रा लिङ्देनले जानकारी गराउनुभयो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन जनवरी ५ तारीख बिहान मलेसिया आईपुग्ने र कार्यक्रम सम्पन्न पश्चात जनवरी ८ तारीख स्वदेश फर्कने पनि बताउनु भयो ।
कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका साथ ऐतिहासिकरुपमा सफल हुने आयोजकको दाबी छ ।




