मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।
कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल कार्तिक ३० । सिरहाको विभिन्न ठाउँहरूमा आयोजित कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
लहान नगरपालिकाको सभा हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका क्षत्रिय कमिटी, गाउँ कमिटी लगाएत स्थानिय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको छ भने यता वारियरपट्टी गाउँपालिका वाडा नम्बर ५ स्थित श्री जनता आधारभूत विद्यालयको परिसरमा आयोजित छठको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, महिला संघका जिल्ला अध्यक्ष संगिता कुमारी चौधरी, पालिका उपाध्यक्ष ममता यादव नेपाली कांग्रेस पार्टीका जिल्ला सचिव शैलेन्द्र यादव सहितको सहभागितामा एक अर्कालाई शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
त्यस्तै सुखीपुरको कुशहा र मिर्चैयामा समेत आजै छठको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।




