मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
अवैध लागू औषधसहित १ व्यक्ति पक्राउ ।।।
विनोद मण्डल, कार्तिक २७। तनहुँ प्रहरीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रु बाहक बसमा सवार एक जनालाई लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको व्यक्ति पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा न. ९ का १९ वर्षीय राहुल पासवानले आफुले लगाएको पाइन्टको दाहिने गोजी भित्र पोलिथिनमा लुकाई छिपाई राखेको ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ २९ ग्राम ७१० मिलीग्राम लागु औषध सहित उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी स्वीकृत गराई ईलाका प्रहरी कार्यालय आँबुखेरेनी तनहुँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।





