जाजरकोट र रुकुम पश्चिममा ८५९ जना प्रहरी उद्धारमा परिचालित।।।

0Shares

जाजरकोट र रुकुम पश्चिममा ८५९ जना प्रहरी उद्धारमा परिचालित

थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०,

काठमाडौँ । जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो ।

कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ ।

आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् ।

जाजरकोट भूकम्प
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *