श्री कालिञ्चोक माविको जग्गा कब्जा ।।।

0Shares

श्री कालिञ्चोक माविको जग्गा कब्जा ।।।

थाङ्मीचागु डट कम असाेज १४ । दोलखा जिल्लाको विगु गाउँपालिका वाडा नम्बर ८ मा रहेको श्री कालिञ्चोक माविको जग्गा स्थानिय सरकार बिगु ८ खोपाचागुको वडा अध्यक्ष हिरा धन्बिर थामीले कब्जा गरेको छ ।

विद्यालयको जग्गा मिचेर आफ्नो निजी शौचालय र घर प्रयोजनका लागि स्टोर खडा गरे पनि जग्गा मिचाहा वडा अध्यक्ष हिरा धन्बिर संग डराएर कोही अगाडि आएर बोल्ने आँट गरेको छैन ।

विद्यालय परिसरमा रहेको जग्गालाई पूर्व गाउँविकास समिति अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका सार्की मान थामीले वाडा अध्यक्ष हिरा थामीको मिलेमतोमा उक्त सार्वजनिक जग्गा मिचिएको हो ।

विद्यालयको सार्वजनिक जग्गा कब्जामा राखेर समाजलाई चुनौती दिँदै आएका वडा अध्यक्ष थामिको बारेमा न्यायिक निकायले अनुसन्धान गर्न जरुरी रहेको देखिन्छ ।

राजनीतिक शक्तिको आडमा उनले सार्वजनिक जग्गालाई कब्जामा लिएपनि हालसम्म उक्त जग्गाको बारेमा शोध खोज हुन सकेको छैन ।

वास्तविक वस्तु स्थितिको बारेमा बुझेर मिचिएको जग्गा फिर्ता गराउनु आजको आबस्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *