मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
श्री कालिञ्चोक माविको जग्गा कब्जा ।।।
श्री कालिञ्चोक माविको जग्गा कब्जा ।।।
थाङ्मीचागु डट कम असाेज १४ । दोलखा जिल्लाको विगु गाउँपालिका वाडा नम्बर ८ मा रहेको श्री कालिञ्चोक माविको जग्गा स्थानिय सरकार बिगु ८ खोपाचागुको वडा अध्यक्ष हिरा धन्बिर थामीले कब्जा गरेको छ ।
विद्यालयको जग्गा मिचेर आफ्नो निजी शौचालय र घर प्रयोजनका लागि स्टोर खडा गरे पनि जग्गा मिचाहा वडा अध्यक्ष हिरा धन्बिर संग डराएर कोही अगाडि आएर बोल्ने आँट गरेको छैन ।
विद्यालय परिसरमा रहेको जग्गालाई पूर्व गाउँविकास समिति अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका सार्की मान थामीले वाडा अध्यक्ष हिरा थामीको मिलेमतोमा उक्त सार्वजनिक जग्गा मिचिएको हो ।
विद्यालयको सार्वजनिक जग्गा कब्जामा राखेर समाजलाई चुनौती दिँदै आएका वडा अध्यक्ष थामिको बारेमा न्यायिक निकायले अनुसन्धान गर्न जरुरी रहेको देखिन्छ ।
राजनीतिक शक्तिको आडमा उनले सार्वजनिक जग्गालाई कब्जामा लिएपनि हालसम्म उक्त जग्गाको बारेमा शोध खोज हुन सकेको छैन ।
वास्तविक वस्तु स्थितिको बारेमा बुझेर मिचिएको जग्गा फिर्ता गराउनु आजको आबस्यकता हो ।





