मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई
शुक्रबार, भदौ ९, २०८०
चरिकोट । दोलखा स्पीकरणको उपाधि मेलिसा ढुंगेलले जितेकी छन् । सहिद स्मृति आवासिय मावि जिरीका छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकलामा प्रथम भएसँगै उनले नगद तीस हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यसैगरी प्रतियोगितामा कालिञ्चोक गाउँपालिका–६, स्थित जनज्योति माविकी सविना थामीले दोस्रो स्थान हाँसिल गरेकी छन् भने पशुपति कन्या मावि भीमेश्वर नगरपालिकाकी विपना नेपाली तृतीय भएकी छन् । प्रथम र द्धितिय हुनेले क्रमशः नगद पुरस्कार बीस हजार र दश हजारसहित प्रमाणपत्र पाएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दोलखा प्रतिनिधिसभा सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
दोलखाली समाज दक्षिण कोरियाले सदरमुकाम चरिकोटमा आयोजना गरेको प्रतियोगितामा निर्णायक रमेश प्रसाई लगायतले उनीहरुलाई विजेता घोषणा गरे । प्रतियोगितामा जिल्लाका ९ पालिका स्तरमा संचालन भएका प्रतियोगिताबाट छनोट भएर आएका प्रतियोगिहरुले भाग लिएका थिए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकास्थित पशुपति कन्या मावि, जिरी नगरपालिकास्थित सहिद स्मृति आवाशीय मावि, वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिकास्थित सत्यश्वर मावि, कालिञ्चोक गाउँपालिकास्थित जनज्योति मावि, तामाकोशी गाउँपालिकास्थित कालिका मावि र गौरीशंकर गाउँपालिकास्थित भुमेगुम्बा माविका प्रतिस्पर्धीहरु सहभागि भएका हुन् ।
दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभी थापाको अध्यक्षतामा भएको दोलखाली स्पीकर ग्राण्ड फिनाले कार्यक्रममा संघीय सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर र शिक्षा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लगायत मन्तव्य व्यक्त गरे ।
संस्थाका अध्यक्ष अभि थापाले युवाहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताए ।






