भारतिय सीमावर्ती नाकामा लागू औषध बरामद ।।।

0Shares

भारतिय सीमावर्ती नाकामा लागू औषध बरामद ।।।

विनोद मण्डल, साउन २२ । सिराहाको दक्षिणी नेपाल भारत सीमावर्ती क्षेत्र बेतौनहाबाट भारतिय सुरुक्षाकर्मीले भारी परिमाणको लागू औषध बरामद गरेको छ ।

भारतबाट नेपाल भित्रिन लागेको अवस्थामा उक्त औषधि सहित केही मान्छेलाई भारतिय प्रहरीले नियन्त्रणमा लिएको श्रोतको दावी छ ।

नेपाली युवाहरुले सेवन गरी ओसार पोसार गर्ने प्रतिबन्धित लागू औषध भारतीय एसएसबीले सीमावर्ती गाउँ बेतौनहामा छापा मारेर तस्कर समेत पक्रेका छन ।

प्रतिबंधित लागू औषध नेपालको सिरहा जिल्लाको बिभिन्न ठाउँहरूमा यसै नाकाबाट भित्रिने गरेको अवस्थामा भारतिय सुरूक्षाकर्मीले उक्त परिणामको लागू औषध बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *