सीमावर्ती क्षेत्रमा तस्करी मौलाउदै, किशान चिंतित ।।।

0Shares

सीमावर्ती क्षेत्रमा तस्करी मौलाउदै, किशान चिंतित ।।।

विनोद मण्डल, साउन २३ । सिराहाको भारतिय सिमा नाकाहरुमा तस्करी मौलाएकाे अवस्था रहेको देखिन्छ ।

सिरहा जिल्लाको भन्सार ईलाकाहरुमा रहेको जग्गामा लगाएको बाली तस्करहरुको आवत जावतले नस्ट भएको बास्तविक वस्तुस्थितिलाई हेर्दा सहजै अनुमान लगाउन सकिन्छ सिरहामा रात्रिकालीन तस्करी बढेको ।

स्थानिय किसानहरुले आफ्नो खेतमा लगाएको धान बाली तस्करहरुले नष्ट गरेपछि तस्कर लखेट्न रातिमा जाग्राम बस्न सुरु गरेको छ ।

बिगत केही महिना देखि सिमा क्षेत्रमा रहेको खेतको आलिबाट दैनिक रुपमा तस्करी मौलाएको अवस्था रहेको देखिन्छ ।

किसानले वर्षाको अभावमा पिडा झेल्दै आफ्नो खेतमा हप्तौं दिन लगाएर दमकलको सहाराले पानी हालेर ट्याक्टरले खेत जोताई दर्जनौं कामदारहरुको सहारामा धान रोपेका किसानको परिक्ष्रममाथि तस्करले पिडा दिदा सम्म पनि निकाय मौन दर्शक बनिरहेका छन ।

तस्करहरुले धानवालीबाटै तस्करीका सामानहरू बिभिन्न साधनहरूको प्रयोगले ओशार पसार गर्दा धान बालिमा क्षति पुगेको स्थानिय किसानहरु बताउँछन् ।

दिनानु दिनको बढ्दो तस्करीले किसानलाई हैरानी दिएको अवस्थामा यसलाई रोक्न अति आवस्यक छ ।

किसानलाई अन्न बाली कसरी उब्जाउने ? भन्ने चिन्ता बढिरहेको अवस्थामा स्थानिय किसानले जति मनाही गरेपनि नाेक्सानी गर्न छोडेको देखिँदैन तस्करका भरियाहरुले ।

जाग्राम बस्दा बस्दा वाक्क दिक्क भएका स्थानिय किसान भन्छन्, कति दिनसम्म बस्ने हाे ? कुन बेला अाउछ थाहा हुदैन ।

बिहान ६ बजेदेखि ८ बजेकाे समयमा तस्करहर बढी हिड्ने गरेको अबस्था रहेको स्थानियको भनाई रहेको छ ।

सिराहाको भन्सार क्षेत्रमा अन्य बस्तुको तुलनामा चीनीकाे तस्करी बढी भएको स्थानियको गुनासो रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *