रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21आठ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति हो : प्रधानमन्त्री दाहाल
आठ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति हो : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ८ दलहरूबीच राष्ट्रपतिका लागि गरिएको सहमति ८ दलको मात्रै नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन् ।
रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै उनले पौडेल उपयुक्त उम्मेदवार रहेको पनि बताए । विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको उनले प्रसंसा गरेका थिए ।
यस क्रममा उनले शुक्रबारको सहमतिलाई संकेत गर्दै नयाँ यात्रा सुरु भएको बताएका थिए । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने पनि दाहालले बताए । राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उनका गतिविधि र भूमिकाप्रति आपत्ति जनाएका थिए ।
शुक्रबार मात्रै कांग्रेस र माओवादी केन्द्रसहित ८ दलहरूबीच आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति तयार भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राष्ट्रपतिमा मनोनयन दर्ता गराइसकेका छन् । नेकपा एमालेको तर्फबाट भने सुवास नेम्वाङले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका छन् ।