मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
ब्लू स्काई स्टुडियो कला क्षेत्रको गहना ।
ब्लू स्काई स्टुडियो कला क्षेत्रको गहना ।
विनोद मण्डल सिरहा मंसिर २१। नवलपरासी जिल्लावाट करिब ४ बर्ष अगाडी अाम युवाको चाहनालाई पूरा गर्ने उद्देश्यले उदाएका अशल व्यक्तित्व दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको सञ्चालन गरेर कला क्षेत्रमा एउटा अनुपम उदाहरण प्रस्तुत गरेका छन ।
जिल्लाको परासीको एउटा कुनाबाट उठाएका स्टुडियोका माध्यमबाट कलिला बालबालिकाले आफू भित्र भएको प्रतिभालाई उजागर गर्ने एक मात्र विश्वसनीय थलोको रुपमा परिचित स्टुडियोले केयौ पटक आफ्ना दमदार प्रस्तुतिको प्रदर्शन गरिसकेका छन् ।
जिल्लामा डान्स सिकाउने अशल ठाउँ नभएको अवस्थामा स्थापित स्टुडियोले गत मंसिर २४ गतेका दिन दीपक साहानी र स्टुडियोका माध्यमबाट आफ्ना स्टुडियो परिसरको एक कार्यक्रमका बीच सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।
रामग्राम नगरपालिकाको वडा नं ५ मा रहेको उक्त स्टुडियो प्रती स्थानिय सरकार मौन बसेको छ । कला र संस्कृतिको विकासको लागि सरकारले बजेट विनियोजन गरेपनि उक्त सेवाबाट वञ्चित कलिला बालबालिकाले संचालन गर्दै आएको स्टुडियोको स्तर उठ्न नसक्नु चिन्ताको बिषय बनेको छ ।
देशमा केयौ सरकार आए गए तर कलिला बालबालिकाले संचालन गर्दै आइरहेको कला क्षेत्रको पहिचान नहुनु संबंधित निकायको अदुरदर्शिता सहजै अनुमान गर्न सकिन्छ ।






