मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
ब्लू स्काई स्टुडियोद्वारा सरसफाई कार्यक्रम सम्पन्न ।।।
ब्लू स्काई स्टुडियोद्वारा सरसफाई कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल सिरहा मंसिर २१। नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
परासी स्थित रहेको बालमन्दिर प्रती स्थानिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित नगर्दा परिसरमा वनमारा घारी पलाएको हो ।
बालमन्दिर सरसफाई तथा विकासप्रति निकाय मौन रहेको अवस्थामा स्थानिय स्तरका निकायलाई जानकारी हुँदा हुँदै कानमा तेल र आँखामा चस्मा लगाएर बसिरहने निकायका अगाडी ब्लू स्काई स्टूडियोका दीपक सहानीकाे अगुवाईमा ” आफ्नो ठाउँ आफैं सफा राखौ र राम्रो कामको शुरुवात आफैबाट गरौ ” भन्ने मुल नाराका साथ परिसरमा भएको झारपात र फोहोरको सरसफाई गरिएको थियो ।
स्टूडियोका प्रशिक्षक र परीक्षार्थीको संयुक्त सहभागितामा गत मंसिर २४ गते विहान करीब १० बजेदेखि ४ बजेसम्म सरसफाई गरिएको थियो ।
कलिला बालाबालिकाहरुमा निकायहरुले वातावरणीय पक्षमा कसैले ध्यान केन्द्रित नगर्ने पक्का भए पछि उक्त सरसफाई थालिएको बुझिएको हो ।





