मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
गरीबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे “
” गरीबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे “
दुखद संघर्षका बीच जीवन पाल ।।।
बिनोद मण्डल पुस १ । सिराहा जिल्लाको धनगढीमाई ६ बसन्तपुर घर भएका जीवन पाल दुःखै दुःखको घेरामा जीवन जीउन विवस भएका छन् ।
करीब ३१ वर्षिय पाल आफ्ना बाल्यकालमा आमा बुबाको न्यानो काखको अनुभव गर्न पाएन भने उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो तर विडम्बना विवाह लगतै पालको सासु ससुरा बिते ।
सृुस्त मनस्थितिका पालकाे बोलि स्टपष्ट नआउने पालको एक मात्र सहाराको रूपमा रहेकी करिब २८ वर्षीया श्रीमती जगतारैन पालको उपचारको क्रममा मृत्यु भएपछि जीवन पालको जीवनमा यतिबेला ठूलो बज्रपात भएको छ ।
सुत्केरी बेथाको कारण जगतारैन पालले विराट नर्सिगं होम विराटनगरमा यो संसारलाई छोडेपछि अहिले करिब १८ दिनकाे नवजात शिशुलाई काखमा बोकेर संसारलाई सहयोग मागिरहेका छन् ।
घडेरी वाहेक अन्य आयस्रोत नभएको पालका छिमेकी धनेश्वरी देवी पालले बताइन् । नवजात शिशुको यतिबेला पालन पोषण गर्नका लागि पालसंग कुनै अन्य विकल्प छैन ।
नवजात शिशुलाई बचाइ दिन सवै सहयोगीहरुलाई गुहारी रहेका छन् पालले । साथै हेल्पिगं हटलाईन संस्थाले सक्दो सहयोग गर्ने बताएका छन् ।
श्रीमतीको मृत्यु पश्चात सामाजिक सस्कार अनुसार विधि गर्न गाँउलेहरुले चन्दाको सहयोगबाट हिन्दु धर्म अनुसार विधि पुरा गरेको पाल जातका माइन्जन राम अशिष पालले बताए ।
पालले अन्तमा नवजात शिशुलाई बचाइ दिन स्थानिय जनप्रतिनिधीहरु तथा स्थानिय निकायलाई समेत आग्रह गरेका छन् ।






