गाडीसहित मदिरा पक्राउ ।।।

0Shares

गाडीसहित मदिरा पक्राउ ।।।

विनोद मण्डल मंसिर १ ।

२०७९ मङसिर ४ गते हुने “प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन” लाई स्वच्छ ,निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा ( व्यवस्थापन) निर्देशिका ,२०७८ को दफा ६ (थ) मा भएको व्यवस्था सर्वदलिय/ सर्वपक्षिय,समन्वय वैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस वमोजिम स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार मिति २०७९।०७।२६ गते देखि निर्वाचन सम्वन्धी कार्य सम्पन्न नहुनजेल सम्म जिल्ला भर मादक पदार्थ ओसार पसार,विक्री वितरण र सेवन गर्न निषेध गर्न हुन भनि तालुक जिल्ला प्रशासन कार्यालय धनुषाको च.न. २५२४ मिति २०७९/०७/२५ गतेको आदेशानुसार प्रहरीले गाडीसहित मदिरा नियन्त्रणमा लिएको छ ।

डिउटीमा खटिएका प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहर्निया गाँउपालिका वडा न. ४ तुल्सियाही स्थित पुग्दा सोहि स्थानमा दक्षिण बैरिया तर्फबाट संकास्पद रुपमा आउदै गरेको BR07PA-4539 नम्वरको भारतिय स्कार्पियो गाडिलाई रोकि गाडि चालकको नामथर सोधपुछ गर्दा जिल्ला धनुषा मुखियापट्टी मुसहर्निया गा.पा वडा न. ४ वस्ने नन्टुन यादवको छोरा वर्ष ३० चलाई ल्याएको गाडी चेकजाच गर्दा गाडिको पछाडिको सिटमा ४ कार्टुनमा गोल्डेन ओके र व्रिच नामक वियर (मादक पदार्थ) वोरामा पोका पारी राखेको अवस्थामा फेला पारी उक्त मादक पदार्थ बियर सहित गाडि र चालक साहजन यादवलाई पक्राउ गरी प्रहरी कार्यालयमा दाखिला गरेको हुँदा उक्त मादक पदार्थ सहितको गाडि र चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

        साथै मिति २०७९।०७।२९ गते वेलुका अं. १९:३० वजेको समयमा जिल्ला धनुषा जनकपुर उप महानगरपालिका वडा न.२२ वसविट्टी स्थित सार्वजनिक सडक खण्डमा चेक प्वाईन्ट थापी संकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई रोकी चेक जाच गर्ने क्रममा उत्तर तर्फबाट संकास्पद रुपमा आउदै गरेको ना ६ ख ६४५३  नम्वरको ट्रकलाई रोकि चालकको नामथर वतन सोधपुछ गर्दा जिल्ला मकवानपुर मनहरी गाउपालिका वडा न. ३ वस्ने अर्जुन रिजालको छोरा वर्ष ३४ को निर्मल कुमार रिजाल भनि बताएकोमा निजलाई सवारी चालक अनुमती पत्र सहितको कागजातहरु माग गरी निजले चलाई ल्याएको कन्टेनर ट्रक चेकजाच गर्दा सो कन्टेनर भित्र कर्णाली गोल्ड नामक सोफी  (मादक पदार्थ)  कन्टेनर भरी जम्मा १०२५ कार्टुन रहेकोमा सो सोफी सम्वन्धमा सोधपुछ गर्दा नेपालगन्जबाट जनकपुरमा रहेको माँ भवानी स्टोर्समा विक्री वितरणको लागि ल्याएको भनि वताए पश्चात  तत्कालै उक्त मादक पदार्थ सहितको ट्रक र चालक निर्मल कुमार रिजाललाई पक्राउ गरी यस कार्यालयमा ल्याई उक्त मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *