स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न ।।।

0Shares

स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न ।।।

बिनोद मण्डल १ मंसिर ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनिया बरकी टोलमा स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा अभिषेक यादव प्रथम, दिपेन्द्र साफी द्वितीय र सुरेन्द्र कुमार यादवले तृतीय स्थान हासिल गरेका छन् । प्रथम बिजेतालाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नगद ३५ सय, प्रमाणपत्र र मेडल प्रदान गरेका छन् । त्यसैगरी द्वितीयलाई नगद ३ हजार, प्रमाणपत्र र मेडल र तृतीयलाई नगद २५ सय, प्रमाणपत्र र मेडल प्रदान गरिएको हो ।

त्यसैगरी, क्लबले आयोजना गरेको सांस्कृतिक प्रतियोगिताको पनि पुरस्कार बितरण गरेको छ । कार्यक्रममा डान्सिङमा प्रथम चन्दन कुमार राम, द्वितीय करिना कुमारी, तृतीय प्रदिप कुमार राम भएका छन । बिजेताहरु क्रमश प्रथम हुनेलाई नगद २५ सय , मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ ।

रनिङमा प्रथम सतिस कुमार भदैसवार, द्वितिय उमेश कुमार राम र तृतीय दिपक मुखिया भएका छ्न । बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाको निमित्त अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादव, जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादव, पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत, पुर्व जिसिअ गंगाराम यादव, जसपा नेता अरबिन्द सल्हैता, समाजसेवी दिगम्बर यादव लगायतको रहेको थियो । कार्यक्रमको व्यवस्थापन गजेन्द्र नारायण यादवले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *