मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
सिमा नाका शिल गर्ने प्रशासनको सूचना जारी ।।।
सिमा नाका शिल गर्ने प्रशासनको सूचना जारी ।।।
बिनोद मण्डल कार्तिक २९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् ।
निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका कञ्चनपुर जिल्लाका संपूर्ण सिमानाकाहरु मंसिर १ गतै राती १२.०० बजेदेखि मंसिर ४ गते राती १२.०० सम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्लामा भारतीय नाकाबाट आम मानिसको आवत जावत भई उत्पन्न हुनसक्ने परिस्थितिलाई विचार गर्दै सीमा नाकाहरू बंद गरिने भएको हो ।
कञ्चनपुरको सुरुक्षा व्यवस्थालाई कायम गर्नका निम्ति प्रशासनले लिएको निर्णयलाई जिल्ला बासीहरुले सकारात्मक रूपमा लिएको बुझिएको हो ।






