ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन !!!

0Shares

ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन

दोलखाको विगु गाउँपालिका ७ स्थित विगु गुम्बा (टाशी छिमे गछाल गोन्पा) को उद्घाटन गरिएको छ ।

२०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको उक्त गुम्बा पुर्ननिर्माणपछि मंगलबार एक समारोहकाबीच लामा क्याब्जे थुुब्तेन जोपा रिन्पाछेले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरुले विगु गुम्बा जिल्लाकै ऐतिहाँसिक सम्पदा भएकोले त्यसको संरक्षणमा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

उक्त गुम्बा विस १९९० मा प्रकाण्ड बौद्ध विद्वान क्याब्जे गोड्मा गेशे ङावाङ पाल्साङले स्थापना गरेका हुन् ।

गुम्बाको बिभिन्न संरचना २०७२ सालको भुकम्पले भग्नाबशेषमा परिणत भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तरगत पुरातत्व विभाग एवम् प्रदेश, स्थानीय तह, बिभिन्न संघसंस्था तथा चन्दादाताहरुको सहयोगमा गुम्बा पुर्ननिर्माण गरिएको हो । 

निमित्त टाशी छिमे गछाल गोन्पाका व्यवस्थापन समितिका अनुसार उद्घाटन कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै गुरु क्याब्जे थुुब्तेन जोपा रिन्पोछेलाई दिर्घायू हेतुु मण्डल अर्पण गरियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *