नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल कार्तिक १५ धनगढीमाई। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७९।०७।१५ गते सिरहा नगरपालिका वडा नं. २१ स्थित वडा कार्यालयको प्राङगणमा प्रहरी चौकी लगडीगोठ सिरहाको आयोजनामा उक्त वडाको वडा सचिव पतिराम मण्डलको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय भद्रभलादमीहरु, युवायुवतीहरु, बुद्धीजिवीहरु, महिला तथा पुरुषहरु समेतको उपस्थितीमा “मानव वेचविखन तथा ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” संपन्न गरिएको छ ।
कार्यक्रममा प्रहरी सहायक निरिक्षक गौरी शंकर साह तेलीले मानव बेचविखन तथा ओसार पसार विरुद्धको बारेमा जानकारी तथा वैदेशिक रोजगारको प्रलोभन दिई अन्य देशमा लगी बेचबिखन गर्न सक्ने भएको हुनाले गाँउघरमा अपरिचित व्यक्ति आई बैदेशिक रोजगारको प्रलोभन वा कुनै किसिमको प्रलोभन देखाएमा प्रलोभनमा नपरी सोको बारेमा नजिकको प्रहरीलाई जानकारी गराउने तथा कानुनी प्रावधान सम्बन्धी चेतनामूलक जानकारी गराई कार्यक्रम समाप्त गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






