नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल कार्तिक १५ धनगढीमाई हात्तिढुङ्गा । सिरहाको सुखीपुरमा साईबर अपराध विरुद्धको चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज मिति २०७९।०७।१५ गते सिरहाकाे सुखिपुर नगरपालिका वडा नं.०२ स्थित श्री राम जानकी माध्यमिक विद्यालय सिरहाको प्राङगणमा ईलाका प्रहरी कार्यालय सुखिपुरको आयोजनामा उक्त विद्यालयको प्रधानध्यापक राम प्रताप यादवको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, विद्यालयका शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु तथा कक्षा ९ र १० का छात्र र छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा साईवर अपराध बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रहरी बरिष्ठ नायव निरिक्षक राम नारायण यादवले समाजमा रहेको सामाजिक संजालको बढदो दुरुपयोगको अवस्था, साईवर अपराध कसरी हुन जान्छ, समाजमा अभिभावकहरुको दायित्व, सामाजिक संजालबाट हुन सक्ने अपराधबाट कसरी बच्ने तथा कानूनी प्रावधानको बारेमा समेत जानकारी गराई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






