नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नर्सही घोलामा डुंगा दुर्घटना तीनको मृत्यु अन्य घाइते ।।।
नर्सही घोलामा डुंगा दुर्घटना तीनको मृत्यु अन्य घाइते ।।।।
बिनोद मण्डल कार्तिक १४ । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ गोकुल नगरको नर्सही घोला पारी पटनहिया स्थित वनभोज खान गएका सात युवाहरु सवार डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाईते भएका छन् ।
बनभोज कार्यक्रम सकिएर पाँच जना व्यक्तिहरू डुंगामा चढी फिर्ता हुने क्रममा अचानक नर्सही घोलामा डुंगा पल्टिन गई डुबिरहेको भन्ने जानकारी स्थानीयद्वारा प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी नर्सहीबाट प्र स नि जनार्दन यादवकाे कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा पाँच जनालाई बेहोश अवस्थामा उद्दार गरी सहिद स्मृति अस्पताल चौपता पठाइएको थियो । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उपचारमा रहेका मध्ये 22 वर्षिय किशोर हरिजनको अवस्था गम्भिर रहेको छ भने अर्का १५ वर्षिय सोहित सहनीको अवस्था भने सामान्य रहेको छ ।
घटना हिजो करिब १८.३० बजेको समयमा भएको थियो भने तीन जनाको मृत्यु २०.१८ बजेको समयमा भएको थियो ।
मृत्यू हुनेहरुमा सुस्ता गाउँपालिका वडा नं ४ गोकुल नगरका २२ वर्षिय गुद्दू हरिजन, १८ वर्षिय निरज हरिजन र १८ रञ्जित गुप्ता रहेका छन् ।
वनभोज गएका अन्य दुई जना मर्चवा गाउतर्फका बाटो हुँदै घर फर्किएका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पछिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोज राज पाण्डेले जानकारी गराउनु भएको छ ।






