गणेश चौथी अर्थात् चौर्चन मनाइँदै ।।।

44Shares

गणेश चौथी अर्थात् चौर्चन मनाइँदै ।।।

विनोद मण्डल भदौ १४ । हिन्दु धर्ममा गणेश चतुर्थीको आफनै महत्व रहेको पाइन्छ । प्रत्येक वर्ष शुक्ल चतुर्थीका दिन अग्रपुजाको रूपमा यो पर्व मनाइन्छ । सत्य युगमा भाद्र शुक्ल चतुर्थीको दिन शिव पार्वतीको सन्तानको रूपमा गणेश भगवानको जन्म भएको र हिन्दू धार्मिक आस्थानुसार हरेक धार्मिक कार्यमा गणेशलाई अग्र स्थानमा राखेर पूजा गरिन्छ ।

गणेश चौठी अर्थात् चौरचन आज धुमधाम संग मधेशका जिल्लाहरूमा मनाईदै छ । मधेशमा प्रकृतिसँग सम्बन्धित चाडपर्वहरूको महत्त्व सधैं रहेको पाइन्छ । एकातिर सूर्यदेवको पूजा गरेर छठ चाड मनाइन्छ भने अर्कोतिर, चौरचन पर्वलाई चन्द्रदेवको पूजाको लागि विशेष महत्त्व रहिआएको पाइन्छ । चौर्चनको दिन मानिसहरू चन्द्रदेवको पूजा गरी व्यक्ति झूटा कलंकबाट बाँच्न सकिन्छ भन्ने जनविश्वास मानिसमा रहिआएको पाइन्छ ।

साँझमा गरिने चौरचन् पूजामा विभिन्न पकवान बनाएर बेलुका आँगनमा लिपपोत गरी आँगनको बीच भागमा चारपाटे तरिकाले लिपेर पिर्का राखेर पूजा सामग्री राखी विधि पूर्वक गणेशको पूजा गरिन्छ तर ठाउनुसार पूजा विधि भने फरक फरक तरिकाले मनाउने चलन समेत रहेको पाइन्छ । पुराणहरूमा वर्णन गरिएनुशार चौर्चनको दिन चन्द्रमामा दाग लागेको हुन्छ र ती दागले गर्दा मानिसमा चन्द्र दोष लाग्ने हुँदा दोष कटाउन पूजाको समापन पछि रातिको समयमा चौठी हानेर आफ्नो दोष कटाउने चलन समेत रहेको पाइन्छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

यस वर्ष तीज र चौर्चन एकै दिन परेको हुनाले विधिपूर्वक यो पर्व धुमधामका साथ मनाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *