यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
जोखिमका बीच लापिलाङ्गको बिधार्थी निकाय मौन ।।।
जोखिमका बीच बिधार्थी निकाय मौन ।।। सन्तोष ठान्टी राष्ट्र निदाएको बेला स्थानिय जनताले दुःख झेलिरहेका हुन्छन् ।

सुन्दर नेपालको कल्पना बोकेको लोकतन्त्र गणतन्त्रमा आमूल परिवर्तनको अभावमा स्थानिय जनताले हरेक किसिमका दुःखबाट यात्रा तय गर्दापनि राज्य निदाइरहेको छ ।

दोलखा जिल्लाको लापिलाङको रानीवनको पहिरो यतिबेला कोसेढुङ्गा साबित भएको छ । गोरेटा घोडेता अनि गरिबीले ग्रस्त यस ठाउँमा स्थानिय सरकार दर्शक बनेर स्थानिय खोलाको यात्रामा लागेका बिधार्थी र शिक्षक लगायत स्थानियको रमिता हेरिरहेको छ ।

उक्त ठाउँमा आएको बाढी पहिरोको कारणले स्थानिय खोलामा बाटो परिणत भएपछि दिनानु दिन खोला तर्नु पर्ने वाध्यता रहेको दुःखद घडीमा यस ठाउँमा रहेको विद्यालयमा पढ्न आउने विद्यार्थी लाई आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा निकाय मौन दर्शक बनिरहेका छन् ।
लापिलाङ माध्यमिक विधालयमा पढ्ने विद्यार्थीहरु आफ्नो आफ्नो घर फर्कीने वेलामा उनीहरू तर्न सक्दैन अनि त्यहाका शिक्षकहरु आएर तार्दिन्छन । यो कहिले सम्म यस्तो हुने हो यसको समाधानका उपायहरु केही छैन सबैजनाले उपाय निकाले के होला..? यस्तै हो भने रानिवनको पहिरोले मानविय क्षती हुने एकातिर अवस्था रहेको देखिन्छ भने अर्कोतिरसंभावित पहिरोले बिद्यालय समेत बगाउने अवस्था रहेको हुनाले समयमा समस्याको समाधान खोजिनु उत्तम विकल्प होला ।






