थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
जनै पूर्णिमा मेला सम्पन्न ।।।
जनै पूर्णिमा मेला सम्पन्न ।।।
विनोद मण्डल साउन २७ । सिराहाको धनगढीमाईको जीरो माइल स्थित बुद्ध मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जनैपुर्णिमा अर्थात् रक्षा बन्धनको पावन अवसरमा जिरोमाइल बजार कमिटीलगायतका महानुभाव र स्थानिय युवाहरुको सहयोगमा बोलबम लगायतको कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागि प्रतिभाहरुलाई समानित गर्दै सुन ,साईकल लगायतका पुरस्कार द्वारा सम्मानित गरिएको स्थानिय युवा श्रवण यादवले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रममा नृत्य लगायतको विशेष कार्यक्रम रहेको थियो । स्थानिय युवाको पहलमा आयोजित कार्यक्रममा साउनको सोमबारे अर्थात् बोलबम डाक बम कावरियाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानिय युवाहरुले मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरेका हुनाले दर्शकहरुको उलेख्निय सहभागिता रहेको थियो ।





