यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
निहारिकाद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास ।।।
निहारिकाद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास ।।।
विनोद मण्डल साउन २७ । नेपाल सरकारको न्याय प्रशासन अर्थात् अदालतका निर्णयबाट असन्तुष्ट भएकी कुमारी आमा निहारिका राजपूतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन ।
आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिले शुक्रबार दिउँसो शितलनिवास अगाडि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेपछि उनलाई प्रहरीले प्रहरीले जोगाएको छ ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित उनी आन्दोलनरत छिन् ।
करीब १ हप्तादेखि काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी निहारिकाले आफनो कानुनी लडाईमा प्रशासनले कूनै सहयाेग नगरेको भन्दै शीतल निवास पुगेर आत्मदाहको प्रयाश गरेकी छिन् ।
सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गत महिना गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी थिइन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको थियो ।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका थिए । श्रोत सामाजिक सञ्जाल बाट जस्ताको तस्तै साभार






