श्री कालिन्चोक माध्यमिक विधालयले शिक्षामा बिज्ञान ल्याब अभ्यासको शुरू गर्ने भएको छ ।

160Shares

सिविन नेपालद्वारा बिज्ञान प्रयोगशालाको सामाग्री हस्तान्तरण ।।।

सन्तोष ठान्टी साउन २७ दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको कालिन्चोक माध्यमिक विधालयले शिक्षामा नौलो अभ्यासको शुरू गर्ने भएको छ ।

विधालयले शिक्षामा गुणस्तरियता कायम गर्न अर्थात् शुधारकाे लागि बालबालिकालाई प्रयोगात्मक सिकाइमा ध्यान केन्द्रित गर्ने भएको छ ।

विद्यालयमा सिकाइलाई प्रभावकारी बनाउन प्रयोगात्मक कक्षा संचालनमा ल्याउने भएको छ । सिविन नेपाल गैर सरकारी संस्थाले विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको शिकाईलाई प्रभावकारी बनाउनका लागि बिज्ञान प्रयोगशालाका सामाग्री उपलब्ध गराएको छ ।

सिबिन नेपालले विद्यालयमा सामाग्री दिएपछि स्थानिय खुशी हुनुका साथै बालबालिकाहरू प्रभावित भएका छन् ।

विद्यालयमा विज्ञान ल्याबको अभावमा विद्यार्थीहरुमा सिकाइमा समस्या भइरहेको अवस्थामा साईन्स ल्यापको स्थापनाले विद्यार्थीहरु हर्षित भएका छन् भने अर्कोतिर शिक्षामा नौलो अभ्यासको शुरुवात गर्दा शिक्षण र सिकाइ दुवै सकारात्मक रूपमा अघि बढ्ने शिक्षकलाई उदृत गर्दै विक्रम थामीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *