दोलखा जिल्लाको बिगु गाउँपालिका ८ थाङ्मीचागुमा रहेको कालिन्चोक माध्यमिक बिद्यालयमा विज्ञान प्रयोगशाला मार्फत् गुणस्तरीय शिक्षा

137Shares

विज्ञान प्रयोगशाला मार्फत् गुणस्तरीय शिक्षा

सन्तोष ठान्टी साउन २७ दोलखा जिल्लाको बिगु गाउँपालिका ८ थाङ्मीचागु रहेको कालिन्चोक माध्यमिक विधालयले शिक्षामा नौलो अभ्यासको शुरू गर्ने भएको छ ।

विधालयले शिक्षामा गुणस्तरियता कायम गर्न अर्थात् शुधारकाे लागि बालबालिकालाई प्रयोगात्मक सिकाइमा ध्यान केन्द्रित गर्ने भएको छ ।

विद्यालयमा सिकाइलाई प्रभावकारी बनाउन

साईन्स ल्याप कक्षा संचालनमा ल्याएको छ । विद्यालयमा विज्ञान ल्याबको अभावमा विद्यार्थीहरुमा सिकाइमा समस्या भइरहेको अवस्थामा साईन्स ल्यापको स्थापनाले विद्यार्थीहरु हर्षित भएका छन् । ल्यावको लागि आवस्यक सामाग्री
सिविन,नेपाल भन्ने संस्थाले उपलब्द गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *