रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21उपप्रमुखको भ्रमण कार्यक्रम सम्पन्न ।।।
उपप्रमुखको भ्रमण कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल साउन २७ । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता चौधरीले मधेशका जिल्लाहरूको दुई दिने भ्रमण गर्नुभएको छ ।
आर्थिक समावेशीकरण अधिकृत तथा लैङ्गिक सिकाइ कार्यक्रम पद्धति ( गाल्स ) का संयोजक कुमार कर्ण द्वारा आयोजीत कार्यक्रमा पालिका उपप्रमुखहरूलाई जिल्लाका बिभिन्न पालिकाहरुको अनुगमन तथा अवलोकन गराइएको हो ।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि अन्तर्गत साउन २५ देखि २६ गतेसम्म उक्त भ्रमण गराइएको हो ।
कार्यक्रममा सहभागी धनगढीमाई सिराहाका उपमेयर संगिता चौधरीले बर्दिवास ,गौशाला , लालबन्दी लगायतका वडाहरूमा अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा चौधरीले गौशाला नगरपालिका वडा न १२ कान्ति बजार स्थित रहेको सरिता महतोको गाई फामको समेत अवलोकन भ्रमण गर्नुभएको छ ।
खासगरी महिला उद्यमीले समाजको आवश्यकतालाई सहज ढंगबाट पूरा गर्न सक्ने भएकोले महिला सवलीकरणमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्न जरुरी रहेको उपमेयर संगिता चौधरीले बताए । समाजमा उद्यमशीलताको विकास गर्न समाजका हरेक व्यक्ति जागरुक भएको खण्डमा सकारात्मक परिवर्तन हुनुका साथै जलवायु परिवर्तनमा आउने अस्वाभाविक परिवर्तनमा उद्यमशीलताको अहम् भूमिका रहने भएकोले ग्रामीण उद्यमसिलता विकास अाजको आवश्यकता रहेको उपप्रमुख संगिता चौधरीले बताउँनु भएको छ ।