एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

5Shares

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण देखिएको छ । सामान्य लक्षणपछि बिहीबार गरिएको परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपाललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । 

अध्यक्ष नेपालले फेसबुकमा पनि लेखेका छन्, ‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षणसहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’
स्वकीय सचिव गौतमले अध्यक्ष नेपालका सचिवालय र परिवारको समेत परीक्षण हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *